अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, मामा नाता पर्ने पक्राउ

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, मामा नाता पर्ने पक्राउ

अर्थ चौतारी

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, मामा नाता पर्ने पक्राउ

A A- A+

कैलाली । अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा  १६ वर्षीया किशोरी सोमबार मध्यराति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले प्रारम्भिक अनुसन्धानबाट मामा नाता पर्नेबाट किशोरी बलात्कृत भएको बताए । आरोपित १७ वर्षीय किशोरलाई पनि पक्राउ गरिसकिएको उनले जानकारी दिए । किशोरीले राति मामा नाता पर्नेले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । प्रहरीले भने बिहान किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएको र छानबिन सुरु गरेको जनाएको छ ।‘हामीलाई किशोरी बेहोस भएको जानकारी आएको थियो पछि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने समेत प्रहरीले जनाएको छ । उनले आफूमाथि मामा नाता पर्नेले बलात्कार गरेको थाहा पाएको र त्यहाँ अरूको पनि हल्ला सुनेको बयान प्रहरीलाई दिएपछि उनीमाथि सामूहिक बलात्कार समेत भएको हुन सक्ने आधारबाट प्रहरीले अनुसन्धान गरिएको छ ।पीडित र आरोपित दुवैको स्वास्थ्य परिक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ  । किशोरीका आधारमा आरोपितलाई पक्राउ गरिएको र उनीसँग पनि बयान लिइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?