लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

अर्थ चौतारी

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

A A- A+

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो ।

अरब मुलुकहरूले करिब एक वर्षयता नदेखिएको स्तरमा तीव्र भएको हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन् ।

हमास र अन्य प्यालेस्टिनी लडाकूहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । 

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो । 

हिजबुल्लाहले उसको तेस्रो वरियताको कमान्डर अली कराके जीवित रहेको बताएको छ । स्रोतका अनुसार राजधानीमा भएको आक्रमणले उनलाई लक्षित गरेको बताएपछि सुरक्षित स्थानमा गएका छन् । 

सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानमा नयाँ आक्रमणहरूको खबर दिएपछि हिजबुल्लाहले मङ्गलबार बिहान इजरायली सैन्य ठेगानाहरूमा ‘मिसाइलहरूको वर्षा’ गरेको बतायो । 

इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरूलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो । 

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार छ सय ४५ जना घाइते भएको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताए। 

पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरूले आकाशमा धुवाँको मुस्लो उडाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?