शान्तिश्री परियारका दुई गीत १० करोड क्लबमा  भन्छिन्– भाग्यमानी नै हुँ जस्तो लाग्छ

शान्तिश्री परियारका दुई गीत १० करोड क्लबमा भन्छिन्– भाग्यमानी नै हुँ जस्तो लाग्छ

अर्थ चौतारी

शान्तिश्री परियारका दुई गीत १० करोड क्लबमा भन्छिन्– भाग्यमानी ...

A A- A+

काठमाडौं, २७ माघ ।  लोकदोहोरीकी चर्चित गायिका शान्तिश्री परियारको सांगीतिक करिअरमा यसपटक सुखद् संयोग रह्यो। एकातर्फ, उनले स्वर दिएको फिल्मको गीत 'रूकुम मैकोट' सबभन्दा छोटो समयमा युट्युबमा १० करोड पटक हेरिने गीत बन्यो। फिल्म 'खुश्मा' मा समावेश एसडी योगी र शान्तिश्रीको स्वर रहेको 'रूकुम मैकोट' ले पाँच महिनामै १० करोड भ्युज पाउने पहिलो नेपाली गीतको कीर्तिमान रच्यो।

अर्कातर्फ, शान्तिश्रीको अफिसियल गीत 'अरेली काँडैले' लोक संगीतबाट १० करोड पुग्ने पहिलो गीत बन्यो। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र शान्तिश्रीको एकल स्वर रहेको गीत डेढ वर्षअघि मात्र सार्वजनिक भएको थियो। 'रूकुम मैकोट' र 'अरेली काँडैले' १ दिनको फरकमा युट्युबमा १० करोड भ्युज पाएका हुन्। आफूद्वारा स्वरबद्ध दुई गीत १० करोड क्लबमा पुगेसँगै शान्तिश्रीले खुसी साटेकी छन्।

उनले फेसबुकमा स्टाटस् लेख्दै भनेकी छन्, 'यो मेरो लागि निक्कै खुसीको कुरा हो। आदरणीय दर्शक'श्रोताहरूको अगाध माया पाएका कैयौं गीतहरूमा मेरो स्वर मिसिएका छन। यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ। कर्म र भाग्यको संयोग कहिँ न कहिँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ।' उनले गीतमा जोडिने विभिन्न व्यक्तिलाई समेत सम्झिएकी छन्। मेला/महोत्सव र रेकर्डिङ दुवैमा व्यस्त शान्तिश्रीको स्वर रहेको फिल्म 'लाज शरणम्' को गीत ‘हेर्दा हेर्दैमा’ ले पनि यतिबेला स्रोता/दर्शकको माया पाइरहेको छ।शान्तिश्रीले हालसालै काठमाडौंमा नयाँ घर समेत खरिद् गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?