काठमाडौँमा हुँदै छ चिनियाँ शैक्षिक मेला

काठमाडौँमा हुँदै छ चिनियाँ शैक्षिक मेला

अर्थ चौतारी

काठमाडौँमा हुँदै छ चिनियाँ शैक्षिक मेला

A A- A+

काठमाडौँ- चीनले आफ्ना विश्वविद्यालयहरूलाई नेपाली विद्यार्थीका लागि कलेज र विश्वविद्यालय तहको शैक्षिक गन्तव्य बनाउन चाहेको छ।केही शीर्ष विश्वविद्यालयहरू सहित चीनका ३१ विश्वविद्यालयहरूले सम्भावित विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको प्रश्नहरूको जवाफ दिन र प्राविधिक — चिकित्सा, इन्जिनियरिङ र आईटी लगायतका दुबै विषयहरूमा भर्ना सहज बनाउन मङ्गलबार काठमाडौँमा परामर्श तथा शिक्षा मेला आयोजना गर्ने छन्। त्यसमा आगामी शैक्षिक सत्रहरूको लागि मानविकी र व्यवस्थापन पाठ्यक्रमहरूको बारे जानकारी गराइनेछ।यो फेयर चिनियाँ दूतावासले समन्वय गरिरहेको छ र चिनियाँ शैक्षिक संस्थामा नेपाली विद्यार्थी भर्ना सहज हुने काठमाडौंस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले जानकारी दिए।जनआस्था साप्ताहिकका सम्पादक तथा नेपाल–चाइना मिडिया फोरमका प्रमुख किशोर श्रेष्ठका अनुसार नेपालका विद्यार्थीले चिनियाँ संस्थाले उपलब्ध गराएको छात्रवृत्ति र सस्तो शुल्क संरचनाअन्तर्गत गुणस्तरीय शिक्षा पाएमा पुँजीको पलायनमा कमी आउनेछ।उनले अध्ययनका लागि चीन जानेहरु युरोपेली मुलुक, अमेरिका र अष्ट्रेलिया जानेभन्दा नेपाल फर्किने निश्चित रहेको बताए। नेपाली विद्यार्थीको अहिलेसम्मकै उत्कृष्ट गन्तव्य र चिनियाँ संस्थाहरूले प्रस्ताव गरेको शिक्षा मेलाले चिनियाँ डिग्रीको गुणस्तरबारे नकारात्मक प्रचारलाई हटाउनेछ।मेलाका प्रमुख आयोजक नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र साहले छिमेकी मुलुक भएकाले चीनमा छात्रवृत्ति र स्ववित्त योजना अन्तर्गत नेपाली विद्यार्थीहरूलाई पठाउँदा ठूलो फाइदा हुनेछ। पछिल्लो जानकारीअनुसार चीनमा १६० देशका ५ लाख विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनरत छन्। प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न २ सयभन्दा बढी छात्रवृत्ति दिँदै आएको छ। चिनियाँ शैक्षिक मेलामा चीनमा नेपाली विद्यार्थीले पाउने फाइदाबारे विज्ञहरुले जानकारी दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?