काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’को छायाङ्कन सकिएको छ । निर्माण युनिटले एक गीतको छायाङ्कन बाँकी राख्दै ५१औँ दिनमा फिल्म सकाएको हो । फिल्मको बाँकी गीत भदौमा छायाङ्कन हुने निर्देशक दीपाश्री निरौलाले बताइन् ।फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा छायाङ्कन भएको फिल्म अर्थ–सामाजिक आयामलाई व्यङ्ग्य गर्ने बताइन्छ । फिल्म आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । ‘छक्का पन्जा ५’को रिलिज मिति यसै वर्षको दसैँमा भनिएको छ । नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पन्जा’को यो पाँचौँ सिरिज हो । फिल्म निर्माण घोषणा समयदेखि नै चर्चा र दर्शकको प्रतीक्षित सुचीमा छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच