पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्बिर तथा भिडियोमा देख्न सकिन्छ।यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब सयवटा विस्फोटको पछिल्लो घटना हो। उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल हावाले धेरै माथि र टाढासम्म पुगेको भूगर्भ विभागका प्रमुख मोहम्मद वाफिदले बताए।मे महिनाको मध्यदेखि देशको उच्च सतर्कता तहमा रहेको ज्वालामुखीबाट निस्केको विस्फोट ६ मिनेट १३ सेकेन्डसम्म चलेको उनले बताए।छन् । राष्ट्रिय विपत् न्यूनीकरण एजेन्सी (बिएनपिबी)का प्रवक्ता अब्दुल मुहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्वालामुखीको निगरानी केन्द्र र त्यसको छेउमा रहेको उद्धार गृहतर्फ हावाले खरानी पुर्याएको, तर उद्धार गरिएका व्यक्तिमा कुनै त्रास नरहेको बताए।मानिसहरूलाई बाहिरी गतिविधिबाट जोगिन र घरभित्र आश्रय लिन सल्लाह दिइएको छ भने बालुवा मिसिएको खरानी अझै पनि वर्षा भइरहेको छ,’ अब्दुलले भने। उनले श्वासप्रश्वासमा समस्या आउन नदिन मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।इबु इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थलमध्ये एक हो। यहाँ गत वर्ष २१ हजारभन्दा बढी विस्फोट भएका थिए। जियोलोजी एजेन्सीका अनुसार इबुमा सन् २०२३ मा दैनिक औसत ५८ वटा विस्फोट भएका थिए।इन्डोनेसिया, एक विशाल द्वीप समूह राष्ट्र, प्रशान्त ‘रिंग अफ फायर’ रहेको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्नुपर्छ। गत महिना उत्तरी सुलावेसी प्रान्तको माउन्ट रुआङमा आधा दर्जनभन्दा बढी पटक विस्फोट हुँदा आसपासका टापुका हजारौँ बासिन्दालाई अन्यत्र जान बाध्य बनाएको थियो।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच