एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे

एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे

अर्थ चौतारी

एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश गरे

A A- A+

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन्  समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्रीसमेत बनिसकेका यादव अन्य ३० जना नेता कार्यकर्तासहित आइतबार एमाले प्रवेश गरेका हुन् ।उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । त्यस क्रममा अध्यक्ष ओलीले इमान्दारिताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भई काम गर्न आग्रह गरे । उनले गुटका पछाडि नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए । विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे । एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?