अर्थतन्त्रका विद्यमान चूनौतिलाई सम्बोधन गर्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्रका विद्यमान चूनौतिलाई सम्बोधन गर्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल

अर्थ चौतारी

अर्थतन्त्रका विद्यमान चूनौतिलाई सम्बोधन गर्ने गरी बजेट ल्याइएको छ ...

A A- A+

काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चूनौतिलाई सामना गर्नेगरि सरकारले बजेट ल्याएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले अर्थतन्त्रका सूचकहरु सकारात्मक हुदै गएपनि चूनौतिहरु कायमै रहेकाले त्यसका सामना गर्नेगरि सरकारले बजेट ल्याएको बताउनुभएको हो ।

प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजि क्षेत्रको लगानी अभिबृद्धि हुने, रोजगार सिर्जना हुने र पूर्वाधार आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न हुने उनले बताए ।

पौडेलले चालू पूजिगत खर्च चालू आर्थिक बर्षको तुलनामा १६ प्रतिशतले बृद्धि गरेको जानकारी दिए । अन्तरसरकारी बित्त हस्तान्तरणमा बित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिव ४ अर्वले बृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्नेगरि बजेट प्रस्ताव गरिएको उनको भनाइ छ ।

रास्वपा र राप्रपाको विरोधकाबीच आइतबारबाट बजेटमाथिको सामान्य छलफल सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?