काठमाडौँ । किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई समेटेर तयार पारिएको नयाँ साकेला गीत ‘साकेला जाउँ’ सार्वजनिक गरिएको छ। सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उभौली पर्व र बुद्धजयन्तीको अवसर पारेर सार्वजनिक गरिएको यो गीतले किराँत एकता, पितृपुर्खाको स्मृति र सांस्कृतिक विविधताको आवाज बुलन्द गरेको छ।
गीतमा चर्चित गायक राजेश पायल राई र मेलिना राईको सुमधुर स्वर रहेको छ भने दक्षिण राईले संगीत भरेका छन्। गीतको शब्द रचना युवराज राईले गरेका हुन्, जसले किराँत समुदायको जीवन दर्शन, कर्म संस्कार र मुन्धुम परम्पराको चित्रण गरेका छन्। एरेन्ज सागर संसार राईको रहेको छ।
डिजे मेवाहाङको निर्देशनमा तयार पारिएको भिडियोमा जोन राई र मनिसा राई मोडलको भूमिकामा देखिन्छन्। छायाँकन गंगाराम राईले, सम्पादन जोन राईले गरेका छन् भने निर्माणमा युवराज राई र सरस्वती राईले सहकार्य गरेका छन्।
गीतको सफल निर्माणका लागि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव बिवस राई, किराँत राई यायोक्खाका उपमहासचिव मातृका राई, तथा जिल्लाबासी भविष्यवर गुरुङ र मुक्ति सिंह राईलाई विशेष धन्यवाद दिइएको छ।
गीतमा किराँत समुदायभित्र रहेका २८ भन्दा बढी भाषिक समुदाय प्रतिनिधित्व गरिएको छ। गीत युटुबमा yuv raj rai च्यानलमार्फत रिलिज गरिएको छ।
गितको पुरा भिडीयो:

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच