बस र पिकअप ठोकिँदा १ को मृत्यु, ८ जना घाइते

बस र पिकअप ठोकिँदा १ को मृत्यु, ८ जना घाइते

अर्थ चौतारी

बस र पिकअप ठोकिँदा १ को मृत्यु, ८ जना ...

A A- A+

कपिलवस्तुठ । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रुबाहक बस र पिकअप ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

 

मंगलबार बिहान ५ः३० बजे काठमाडौंबाट  सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिकअप एक आपसमा ठोकिँएका थिए ।

 

दुर्घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीले बताय ।

 

ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो ।

 

घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?