काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई अझ बलियो र धेरै समावेशी बनाइने उल्लेख गरे । संशोधन गरेर पछाडि फर्कने र ०४७ कै संविधानतिर लैजाने बहस गलत भएको भनाइ उनको थियो ।
“६३ को अहिलेको संविधानबाट पछि फर्कन सक्दैनौँ, चाहँदैनौँ । दलित‚ थारु, महिला कसैले निकाल्न सक्छ ? हटाउन सक्छ ? कसैले सक्दैन‚” उनले भने‚ “तर, थप्न मिल्छ कि मिल्दैन ? सरकार बनाउँदा दलित महिला छुटाउँछौँ, यतिसम्म गर्छौँ कि गठबन्धन गरेर राष्ट्रपति, उपराष्ट्रपति, गाउँपालिका प्रमख, उप्रमुख पुरुष बनाउँछौँ ।”
उनले ‘जम्बो’ संसद्को आकार घटाइने र बढी समावेशी, समानुपातिक बनाइने भन्दै थपे‚“यसरी नै प्रदेश चलाउने हो ? यस्तै संघीयता राख्ने हो ?”
उनले अगाडि भने, “निर्वाचन प्रणाली बदल्छौँ, राम्रो बनाउँछौँ । कसैकसैले भन्छन्– तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन । तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौँ । एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौँ ।”
आफू सरकार बनाउने प्रयासमा नलागे पनि वर्तमान गठबन्धन ठिक भएको उनले बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच