ठैवको रिह्याव सेन्टरका थप एकजनामा हैजा

ठैवको रिह्याव सेन्टरका थप एकजनामा हैजा

अर्थ चौतारी

ठैवको रिह्याव सेन्टरका थप एकजनामा हैजा

A A- A+

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवस्थित रिह्याविलिटेसन सेन्टरमा थप एकजनामा हैजा संक्रमण देखिएको छ । हैजाको लक्षण देखिएका सेन्टरका एक किशोरमा बिहीबार आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा हैजा देखिएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । उनका अनुसार थपिएका बिरामीलाई थप परीक्षणका निम्ति शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको छ । यसअघि, साउन ७ गते सोही सेन्टरका चारजनामा हैजा पुष्टि भएको थियो । उनीहरूको अवस्था अहिले सामान्य छ । योसहित काठमाडौं उपत्यकामा ५ जनामा हैजा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?