छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।
रोपाईंको समयमा ‘किसानको रहर’ शीर्षकमा दैवज्ञराज न्यौपानेले लेखेको यो गीत धेरैले सम्झन्छन् । प्राथमिक विद्यालयको पाठ्यक्रममा समावेश यो गीत धेरै किसानको छोराछोरीले गीतकै रुपमा गाएका छन् । आज असार १५ को दिनमा पनि नेपाली किसानहरुले यो गीतको सम्झना गरेका छन् ।
असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत भएको छ । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । छुपुछुपु धान रोपेको दृश्य देख्न थालिएको छ । यसरी धान रोप्ने क्रममा छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता असारे भाका गाउने गरिन्छ । सरकारले भने असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ ।
असार दोस्रो सातासम्म कोशी प्रदेशमा १४ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष बढी रोपाइँ भएको हो । प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विगत वर्षभन्दा यसवर्ष तुलनात्मक हिसाबले बढी रोपाइँ भएको जानकारी दिएको छ । अघिल्लो वर्ष यो समयमा १३.७१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यो वर्ष १४.२५ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार कोशीमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टरमा रोपाइँ भइसकेको उनले बताए ।

प्रदेशका पहाडी जिल्लामा असार अन्तिमसम्ममा रोपाइँ सकिन्छ । भौगोलिक अवस्था र चिसो मौसमका कारण पहाडमा चाँडै रोपाइँ हुने गरेको पाण्डेको भनाइ छ । तराईका जिल्लामा भदौ दोस्रो सातासम्म रोपाइँ गर्न सकिने डा. पाण्डेले बताए । यद्यपि, पहाडी क्षेत्रमा हाल त्यति वर्षा भइरहेको छैन । त्यस कारण रोपाइँ केही प्रभावित भएजस्तो देखिन्छ । मन्त्रालयका अनुसार उच्च पहाडमा अहिलेसम्ममा आधाजति रोपाइँ भइसक्नु पर्ने हो । तर, केही ठाउँमा पानी अभावको समस्या देखिएको उनले बताए ।
‘समग्रमा विगतभन्दा बढी रोपाइँ भएको छ । तर, पहाडी जिल्लामा पानीको अभाव भएकाले केही ढिलो भएको हो कि जस्तो छ । केही पहाडी जिल्लामा अगाडि नै रोपाइँ हुनुपर्ने हो । अब त्यो समस्या हट्छ होला,’ उनी भन्छन् । यसवर्ष विगतमा भन्दा बढी वर्षा हुने प्रक्षेपण रहेकाले पनि पानी अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने सम्भावना भने नरहेको उनको भनाइ छ । ‘कतिपय ठाउँमा चैते धान थन्क्याउने काम भइरहेको छ । धान थन्क्याएपछि त्यहाँ पुनः रोपाइँ गरिन्छ । यसवर्ष साउन दोस्रो सातासम्ममा गत वर्षको भन्दा बढी नै रोपाइँ भइसक्ने अनुमान गरिएको छ,’ डा. पाण्डेले भने । रोपाइँका लागि रासायनिक मलको अभाव नरहेको उनले बताए ।
मल र पानीका कारण रोपाइँ प्रभावित नहुने उनको भनाइ छ । डा. पाण्डेका अनुसार हालसम्म उच्च पहाडी जिल्लामा १०.९४ प्रतिशत, मध्येपहाडमा २४.९२ प्रतिशत र तराईका जिल्लामा १०.७८ प्रतिशत रोपाइँ सकिएको छ । ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, इलाममा १२, भोजपुरमा ४२, सोलुखुम्बुमा ६.३१, संखुवासभा र धनकुटामा ७–७, तेह्रथुममा २६, उदयपुरमा ११, ओखलढुंगामा ३१ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच