काठमाडौँ । फिल्म ‘१२ नेपाली एक चिहान’ आगामी भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक अरुण प्रदानले वितरकसँगको छलफलबाट फिल्म १४ भदौमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिए ।रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विसं २०६१ साल भाद्र १६ गते इराकमा बर्बरतापूर्वक हत्या भएको थियो । तिनै १२ जना नेपालीहरूको हत्या कसरी किन भएको थियो भन्ने विषयमा फिल्म निर्माण भएको हो । फिल्मको सेन्सर समेत भैसकेको छ ।फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रवीन्द्र झा, विक्रम सिंह, उत्तम जङ्ग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ती, प्रजा प्रधान, मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिन्छ । जय हुनुमान क्रियशनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ । फिल्मका निर्माता रबिन श्रेष्ठ, संगीता प्रधान, रबिन राई र भईसन बर्देवा हुन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच