१ सय ८० वर्ष पुरानो त्यो क्रिकेट ‘राइबरी’

१ सय ८० वर्ष पुरानो त्यो क्रिकेट ‘राइबरी’

अर्थ चौतारी

१ सय ८० वर्ष पुरानो त्यो क्रिकेट ‘राइबरी’

A A- A+

क्रिकेटको सर्वाधिक पुरानो ‘राइबरी’ एसेज लाई मानिन्छ। तर क्रिकेटको एउटा अर्को ‘दुश्मनी’ त्यो भन्दापनि पुरानो छ। यो हो क्यानडा र अमेरिकाबिच। त्यो समयमा भएको यि दुई देशबिचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात मानिन्छ। सेप्टेम्बर १८४४ मा न्युयोर्कको म्यानहेट्टन क्रिकेट स्टेडियममा मानिसहरु भरिभराउ थिए।खेल तीन दिन सम्म चल्यो तर मान्छेको भिड कम भएन्। उक्त खेल क्यानडाले २३ रनले अमेरिकालाई हरायो। त्यो क्रिकेट युद्ध अमेरिका र क्यानडाबिच भएपनि विश्व क्रिकेमा सर्वाधिक पुरानो ‘राइवरी’ का रुपमा परिचित छ।त्यसको १ सय ८० वर्षपछि २ जुन अर्थात भोलि डालसमा फेरी दुई टिम एक अर्को अवसरमा पहिलो पटक भिड्दै छन्। अर्थात टी–२० विश्वकपमा दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। १ सय ८० वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु थियो भने भोली टी–२० विश्वकपमा दुबै टिमको डेब्यू हूँदै छ। यो प्रतियोगिता दुबै देशका लागि उतिकै महत्वपूर्ण छ पहिला जस्तै।तर त्यो बेला क्यानडाले जितेपनि अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेको परिवेशलाई आधार मान्दा अमेरिका माथि छ। रेकर्डपनि अमेरिकाको फेवरमा रहेको छ। अमेरिकाको पछिल्लो समय विश्व क्रिकेटमा आफ्नो वर्तमान अवस्था परिवर्तन गर्दै दाबेदार बन्ने छ। विश्वकपको आयोजना उसको ’फुल म्याम्बर’ बन्ने महत्वकांक्षाको एक अंस हो।क्यानडा भने अमेरिकाको त्यो महत्वकांक्षालाई पहिलो खेलबाटै निस्तेज पारेर १ सय ८० वर्षअघिको त्यो जितको रिकल चाहन्छ। दुई टिमबिच पछिल्लो भिडन्त भने गत अप्रिल १३ मा भएको थियो। जसमा अमेरिकाले क्यानडालाई ४ विकेटले हराएको थियो। क्यानडाले पहिले ब्याटि, गर्दै १ सय ६९ रन बनाएको थियो। यो लक्ष्य अमेरिकाले २० ओभरमा पुरा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?