शिक्षकहरूको मागप्रति माओवादी केन्द्रको ऐक्यवद्धता, विशेष अधिवेशन वा अन्य उपायबाट शिक्षा ऐन जारी गर्न माग

शिक्षकहरूको मागप्रति माओवादी केन्द्रको ऐक्यवद्धता, विशेष अधिवेशन वा अन्य उपायबाट शिक्षा ऐन जारी गर्न माग

अर्थ चौतारी

शिक्षकहरूको मागप्रति माओवादी केन्द्रको ऐक्यवद्धता, विशेष अधिवेशन वा अन्य ...

A A- A+

काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको मागप्रति ऐक्यवद्धता जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको मागप्रति ऐक्यवद्धता रहेको जानकारी गराएका हुन् । माओवादी केन्द्रले आम जनसमुदायलाई समेत शिक्षकहरूको आन्दोलनको पक्षमा उभिन आह्वान गरेको छ ।

साथै, कांग्रेस–एमाले गठबन्धन सरकारले हजारौं शिक्षकको पेशा र लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको पनि माओवादी केन्द्रको आरोप छ । ‘नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ,’– विज्ञप्तिमा भनिएको छ ।

सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई वेवास्ता गरिएको माओवादी केन्द्रका आरोप छ । माओवादी केन्द्रले सरकारले यस अवधिमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गरेको र शिक्षकहरूको मागबारेमा भने उदासीन र गैर–जिम्मेवार भएको बताएको छ ।

माओवादी केन्द्रले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गते भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । शिक्षा ऐनलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन सरकार र अन्य सरोकारवाला पक्षसँग माओवादीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?