प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू)

प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू)

अर्थ चौतारी

प्रधानमन्त्रीसहित संघीय सांसदहरूलाई योगअभ्यास (तस्बिरहरू)

A A- A+

काठमाडौं- संघीय संसद्‍को दुवै सदनमा सदस्यहरूले शुक्रबार एकसाथ ध्यान र योगगरेका छन् । संसद सचिवालयसँगको सहकार्यमा जीवन विज्ञान संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई सहभागी गराएर योगअभ्यास गराइएको हो ।उक्त योग र ध्यान कार्यक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिपरिषदका सबै सदस्यसहित सरकारका उच्च अधिकारी सहभागी थिए ।सरकारको नयाँ नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाज निर्माणमा काम गर्ने जनाएको थियो ।त्यही नीतिअनुसार योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि दुवै सदनका सांसदका लागि ‘स्वजागरण’ कार्यक्रम गरिएको हो ।प्रत्येक व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, खुसी, प्रेम, सहकार्य, शान्ति तथा ऊर्जाका क्षमतालाई जागरण गर्ने विज्ञान र विधिलाई नै स्वजागरण भनिने गरिएको छ ।ध्यान र योगका विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावना जागरण गर्न सकिने बताइएको छ ।कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?