बहुमत पुग्ने अवस्थामा मात्र राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

बहुमत पुग्ने अवस्थामा मात्र राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने

अर्थ चौतारी

बहुमत पुग्ने अवस्थामा मात्र राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत ...

A A- A+

काठमाडौँ । संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । तर सबैभन्दा ठुलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत पाउन मुस्किल देखिएको छ । ६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अहिले कांग्रेससँग जम्मा २७ मत रहेका छ । बहुमतका लागि पाण्डेलाई राप्रपासहित स्वतन्त्र एक र नेसपाका सांसदले मत दिनुपर्ने हुन्छ । यी तीनै पक्ष बहुमत पुग्ने अवस्था भएमात्र विश्वासको मत दिने अडानमा रहेकाले मुख्यमन्त्री पाण्डे अप्ठ्यारोमा परेका छन् । प्रदेश सभामा दुई सिट रहेको राप्रपाले बहुमत पुग्ने अवस्थामा मात्र विश्वासको मत दिने बताएको छ । राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले बहुमत पुग्ने अवस्थामा मात्र मुख्यमन्त्रीलाई पार्टीले मत दिने स्पष्ट पारे ।‘मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित भएको अवस्थामा राप्रपाले मतदान गर्छ । विश्वासको मत नपाउने अवस्थामा मत दिँदैन’, रातोपाटीसँग उनले भने ।नेसपाका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पाण्डेलाई विश्वासको मत दिन राप्रपा तयार भए आफूहरुले सहयोग गर्ने श्रेष्ठ आशय थियो ।यता केही दिनअघि रातोपाटीसँगको कुराकानीमा देवकोटाले गण्डकी सरकार बचाउनका लागि जोसँग बहुमत पुग्ने स्थिति हुन्छ, उसलाई आफूले मत दिने स्पष्ट पारेका थिए । तर उनी अहिले फोन अफ गरेर बसेका छन् । समीकरण बदलिए पिच्छै मन्त्री बन्दै आएका मनाङे पनि काठमाडौँबाट पोखरा गइसेका छन् । तर मत दिने नदिने विषयमा निर्णयमा पुगिसकेका छैनन् ।पाण्डेलाई विश्वासको मत लिनबाट रोक्न विपक्षी एमाले–माओवादी गठबन्धन सक्रिय रहेको छ । विपक्षी गठबन्धनमा एमालेको २२ र माओवादीको (सभामुखबाहेक) ७ गरी २९ सांसद रहेका छन् । माओवादी संसदीय दलको मातहतमा रहेका देवकोटाले फ्लोर क्रस गर्ने चर्चा चलेपनि त्यो सम्भावना नरहेको माओवादीका नेताहरूले बताएका छन् । पाण्डेले बहुमत नपाए  उपधारा (५) अनुसार सरकार गठन प्रक्रिया अगाडि बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?