ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

अर्थ चौतारी

ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

A A- A+

ललितपुर । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेल स्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए ।१.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ति १.५ मिटर चाहिने हुनाले सोही अनुरूप काम थालेको उनले बताए । उनले भने, ‘यो क्षेत्र हामीले राजदलगणसँग फिर्ता लिएका हौँ । यसको क्षेत्रफल लगभग ३० रोपनी छ । अहिले हामीले यहाँ कमलको फुल फुलाउने तयारीमा छौँ । पोखरी १.२ मिटरको गहिराइमा छ । यसको फाइनल गहिराई १.५ मिटर हुने गरी काम सुरु गरेका छौँ । माटो झिकिरहेको छौँ  ।१.५ मिटरमा पानी जम्ने गरी बनाउँछौँ । यहाँ कमलको फुल फुल्छ ।मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?