बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बुटवल अनुसार अनुसार लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एक आपस ठक्कर खाएका थिए। स्कुटर बलेरोमुनि पस्दा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा श्रेष्ठ मृत्यु भएको हो। श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन्। उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने ठक्कर दिएर फरार रहेका मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच