लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

अर्थ चौतारी

लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

A A- A+

काठमाडौं । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार नेपालमा पनि मनाइँदै छ। यो वर्ष ‘लागुऔषधविरुद्ध लडौँ स् रोकथाममा जोड दिऔँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवस मनाइन्छ। गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५.०६ प्रतिशतले वृद्धि भइरहेको छ । लागुऔषध प्रयोगकर्ता शहरी क्षेत्र हुदै ग्रामिण भेगमा पनि फैलिएका छन्। पछिल्लो समय नेपाल लागुऔषध ओसारपारको ‘ट्रान्जिट प्वइन्ट’ बनिरहेको छ । खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनेको छ। प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी पक्राउ पर्ने गरेका छन्। पछिल्लो ३ वर्षमा १८ हजार जना लागुऔषधसहित पक्राउ परेका प्रहरीको तथ्यांक छ। चालु आर्थिक आर्थिक वर्षको जेठसम्म मात्रै ६ हजार १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विदेशीको संख्या पनि उल्लेख्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?