काठमाडौंमा वायु प्रदूषण अत्यधिक, मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंमा वायु प्रदूषण अत्यधिक, मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अर्थ चौतारी

काठमाडौंमा वायु प्रदूषण अत्यधिक, मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको ...

A A- A+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।

 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, यात्रा नगर्न अनुरोध गरिएको छ । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स– र्‍याकिङ्ग’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा रहेको छ । वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम बढाउने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणले गर्दा कम तौल भएको र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत समेत हुने विज्ञप्तिमा उल्लेख छ ।

 

मन्त्रालयका प्रवक्ता बुढाथोकीले नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको बताउनु भएको छ । नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङक छ ।

 

गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?