काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएको छ ।परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको हो ।क्यालेन्डर निकाल्दा विद्यालय, शिक्षक, विद्यार्थीलाई अध्ययन/अध्यापन, तयारी गर्न सहज हुने भएकाले समय तोकेर क्यालेन्डर सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।बोर्डले परीक्षा सुरु हुने मिति तोक्नुको साथै तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन् ‘अहिले नै परीक्षा यति गतेदेखि सुरु गर्ने भनेपछि पठनपाठन गर्न, परीक्षाको तयारी गर्न सबैलाई सहज हुन्छ ।’बोर्डले नयाँ क्यालेन्डर आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच