काठमाडौँ – सिधा कुरा डटकमले प्रकाशित गरेको अडियो फर्जी भएको पुष्टि भएको छ।सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानले उक्त अडियो नक्कली रहेको प्रमाणित भएको हो।अडियो बनाउने राजकुमार तिमिल्सिनाले बिहान रेकर्ड गरेर साझ सिधाकुरालाई पठाएको प्रहरीले सर्वोच्चमा पेश गरेको रिपोर्टमा उल्लेख भएको सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।उनले भने, ‘रिपोर्टले अडियो सही होइन भन्ने भएको छ। भनिएको समय, ठाउँ र व्यक्तिहरुले अडियोमा सहभागी नभएको पाइएको छ।’अवहेलना मुद्दाको पेशी आउँदो जेठ २७ गतेका लागि तोकिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच