पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्किँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ बुधबार राति लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए।घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गएराति ९ बजे आफूहरूलाई घटनाको खबर आएपछि उद्धारमा खटिएको डीएसपी पण्डितले बताए। जीप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको हो।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच