नेपाली जहाज कोरिया उडानमा वञ्चित गरिएकोबारे छानबिन गर्न एकनाथ ढकालको माग

नेपाली जहाज कोरिया उडानमा वञ्चित गरिएकोबारे छानबिन गर्न एकनाथ ढकालको माग

अर्थ चौतारी

नेपाली जहाज कोरिया उडानमा वञ्चित गरिएकोबारे छानबिन गर्न एकनाथ ...

A A- A+

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण कोरिया उडानमा नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएको बारे छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले नेपाली विमानलाई रोक लगाउँदा नेपाली श्रमिकले चर्को भाडा तिर्नुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।युरोपियन आकाशमा अझै पनि नेपाली वायुसेवाहरूलाई उडानमा रोक कायम रहेको बताए । नेपालको राम्रो उडान गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया उडानमा वर्षौँदेखि नेपाल वायुसेवा निगमलाई वञ्चित गरिएका कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको पनि उल्लेख गरे । सांसद ढकालले भने,‘कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुत्तरित छ । कोरियाबाट भारतको नयाँ दिल्लीका लागिभन्दा नेपालका लागि चर्को भाडादर राखिएको छ, जसको सिधा असर कोरियामा नेपालबाट रोजगारीमा जाने र फर्किने श्रमिकमाथि परेको छ ।’उनले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण वा वायुसेवा निगम, कसको बदमासीले गर्दा यस्तो भएको हो भन्नेबारे सम्बन्धित मन्त्रालयको धारणा माग गरेका छन् । साथै यस विषयमा सम्बन्धित संसदीय समितिले पनि आवश्यक छानबिन गर्नका लागि ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?