मोटरसाइकल घरमा ठोक्किँदा दुईजनाको मृत्यु

मोटरसाइकल घरमा ठोक्किँदा दुईजनाको मृत्यु

अर्थ चौतारी

मोटरसाइकल घरमा ठोक्किँदा दुईजनाको मृत्यु

A A- A+

चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। बुधवार राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँका १८ वर्षीय सुमित महतो रहेका छन्।

घरको भित्तामा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि बसेका सुमितको गएराति १२ः५५ बजेको समयमा भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?