‘महाराजधिराज’मा उषा रजक

‘महाराजधिराज’मा उषा रजक

अर्थ चौतारी

‘महाराजधिराज’मा उषा रजक

A A- A+

काठमाडौं। चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री उषा रजक अनुबन्ध भएकी छन् । उषा अनुबन्ध भएसँगै निर्देशक परिच्छेद सेनको निर्देशन रहने चलचित्रको लाइनअप पूरा भएको छ ।

यो चलचित्रमा आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का, वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । प्रस्तुतकर्ता विराज विष्टले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेको बताए ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?