काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि-प्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’, उनले भने, ‘जानका लागि भिजिट भिजिटको प्रबन्ध कस्ले गर्यो ? लगायत विषयमा अनुसन्धान हुनेछ ।’उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिने उनले बताए ।
यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने उनले बताए । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै दर्जनौँसँग १० देखि १५ लाख रुपैयाँ असुलेको खुलेको थियो ।स्पेन लगिएकामध्ये कतिपय उतै लुकेर बसेको प्रकरणमा प्रधानमन्त्रीलाई जोडिएपछि विवाद भएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच