बाढीले तीन घर बगायो, एकजना बेपत्ता

बाढीले तीन घर बगायो, एकजना बेपत्ता

अर्थ चौतारी

बाढीले तीन घर बगायो, एकजना बेपत्ता

A A- A+

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९, डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् । बाढीले तीन घर बगाएको छ ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीमा परी रोल्वालिङ पदमार्ग डोडाङमा होटेल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि डोडाङमा होटेल व्यवसाय गर्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?