प्रचण्डले उत्तेजनाको राजनीति गरेको आरोप लगाउँदै गगनले भने, ‘आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्छ’

प्रचण्डले उत्तेजनाको राजनीति गरेको आरोप लगाउँदै गगनले भने, ‘आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्छ’

अर्थ चौतारी

प्रचण्डले उत्तेजनाको राजनीति गरेको आरोप लगाउँदै गगनले भने, ‘आफूले ...

A A- A+

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजनाको राजनीति गरेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकको विशेष समय लिएर बोल्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले केही दिनअघि संसद्मा बोल्दा नेपाल बंगलादेशजस्तै होला भनेर अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘पूर्व प्रधानमन्त्रीले बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलङ्का होला भनेर भन्नसम्म भ्याउनुभयो । धर्म पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होईन होला । तर्साउन खोज्नुभएको होला । ….पछि गएर धेरै पटक गल्ती भयो, गल्ती भयो भन्नुभएको छ । यसमा धेरै पर गएर नभन्नुहोला । किनकी प्रतिपक्ष सरकारको प्रतिपक्ष हो । जमेर आफ्नो विषय राख्नुपर्छ । कहिले काहीँ आफ्नो विषय ठीक छ भन्ने लाग्यो भने त यहाँ सरकारलाई घुडा पनि टेकाउनुपर्छ । प्रतिपक्षले यस्तो गर्ने कुराहरु सामान्य नै हुन्छ । तर, प्रतिपक्षमा बस्दैगर्दा उ राज्यको प्रतिपक्ष होईन, व्यवस्थाको प्रतिपक्ष होईन । उ सरकारको मात्रै प्रतिपक्ष हो । उ सिस्टमको अंग हो । विपक्षी दलले एकछिनको लाभको लागि, कुनै अन्तरविरोधका लागि यतिधेरै पनि बरालिन हुँदैन कि आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्छ । आफैंलाई जलाउन सक्छ । उत्तेजनाको राजनीति बडो सजिलो छ । विवेकपूर्ण ढंगले सम्हाल्न गाह्रो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?