काठमाडौं । सामाजिक सद्भाव भड्काउने बताउँदै राष्ट्रिय लोकसंचारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा -लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो । आइतबार अपरान्ह संस्थाका पदाधिकारीले ब्युरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउले सामाजिक सद्भाव भड्काउन समेत उजुरीमा उल्लेख छ ।
यस्ता विकृत र अश्लिल गीतलाई नियन्त्रण गर्न माग गर्दै संस्थाले उजुरी दिएको हो । शुक्रबार पनि संस्थाले गृहमन्त्री रमेश लेखकलाई भेटेर यी गीतमा रोक लगाउन माग गर्दै ज्ञापन बुझाएको थियो । जवाफमा गृहमन्त्री लेखकले साइबर ब्युरोलाई कलाक्षेत्रको साइबर अपराध हेर्ने गरि फोकल पर्सन तोक्न निर्देशन दिएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच