अभिनेता सीपी लोहनीको निधन

अभिनेता सीपी लोहनीको निधन

अर्थ चौतारी

अभिनेता सीपी लोहनीको निधन

A A- A+
काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?