प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

अर्थ चौतारी

प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच ...

A A- A+

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोधका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले बिपक्षी लगाएत अन्य दलहरुसंग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।

सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्‌टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिव बर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगाएतका नेताहरु समेत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?