३५ वर्षपछि टीकापुर विमानस्थलमा जहाज उड्दै, काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि

३५ वर्षपछि टीकापुर विमानस्थलमा जहाज उड्दै, काठमाडौं-टीकापुर हवाई उडान आइतबारदेखि

अर्थ चौतारी

३५ वर्षपछि टीकापुर विमानस्थलमा जहाज उड्दै, काठमाडौं-टीकापुर हवाई उडान ...

A A- A+

काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यही मंसिर ३० देखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो। टीकापुर नगरपालिकाले तारा एअर र यती एअरलाइन्ससँग सहकार्य र समन्वय गरेको छ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यावसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए।

विमानस्थलमा केही समयअगाडि नेपाल एअरलाइन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यावसायिक उडान गरिसकेको छ। हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

यात्रुको माग बढेमा उडान थपिने उनको भनाइ छ। उनले हाललाई काठमाडौंसम्मको भाडा नौ हजार र नेपालगन्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा चार हजार पाँच सय निर्धारण गरिएको बताए।

बर्तौलाले तारा एअरमार्फत टीकापुर–नेपालगन्ज–टीकापुर उडान हुने र यती एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको बताए।

यात्रुहरुको सहजताका लागि तारा एअरले नेपालगन्जबाट १२ः३० बजे र टीकापुरबाट नेपालगन्जका लागि १ः२० उडान गर्नेछ भने यतीको काठमाडौं–नेपालगन्जको उडान तालिका बिहान १० बजे र नेपालगन्ज –काठमाडौंको उडान तालिका दिउँसो २ः०५ बजे रहेको छ।

टीकापुर आवतजावत गर्ने टिकट यती एअरलाइन्स तथा तारा एअरका वेबसाइट तथा सेल्स अफिसहरुबाट लिन सकिनेछ भने ईसेवा, खल्ती, फोन पेका साथै टीकापुरमा सिद्धार्थ होटल तथा काठमाडौंमा पथिल होलिडेमार्फत पनि लिन सकिनेछ।

तारा एअरले हाल ३ वटा टुइनअटर वायुयानमार्फत लुक्ला, फाप्लु, रामेछाप, जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरुमा नियमित तथा चार्टर्ड उडान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?