गलकोट। साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कार्यक्रमअनतर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ ।
नगरपालिकामा गत आवमा सूचीकृत २३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरुले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार ४०० मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र ३५० मिटर सडक सोलिङ गरेका हुन् ।
बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र्र गौतमका अनुसार यस वर्ष छ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ । नगरपालिका–३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने २५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ ।
बागलुङ नगरपालिका–५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको २५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो । साथै नगरपालिका–८ को ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिरसम्मको ४५० मिटर पदमार्ग ढलान गरिएको छ । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच