भरतपुरमा जिप दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

भरतपुरमा जिप दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

अर्थ चौतारी

भरतपुरमा जिप दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

A A- A+

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा शुक्रबार बिहान एक जिपले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको ना ५ च २६४४ नम्बरको बोलेरो जिपले सोही दिशाबाट जाँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा भरतपुर–६ इन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि बोलेरो जिप सडकमै पल्टिएको थियो र त्यसक्रममा स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीले जनाएको छ। घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरिरहेको र सीसीटीभी फुटेज समेत संकलन भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?