अमीर के.सी. काठमाडौ :-नेपालको बहुप्रतीक्षित मल्टीस्टार चलचित्र 'पिताम्बर' को टिजर आज बुढा सुब्बा डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस चलचित्रले एक्सन थ्रिलर शैलीमा तयार पारिएको छ, जहाँ दर्शकहरूले शानदार अभिनय र रोमाञ्चक कथा अनुभव गर्ने अपेक्षा गर्न सक्दछन्।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, सुपुष्पा भट्ट, सुरक्षा पन्त, र दिव्या रायमाझी जस्ता चर्चित कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ। निर्देशक कृषा चौलागाईंले यसलाई आफ्नो उत्कृष्ट कृति बनाउने प्रयास गरेकी छिन्, जसलाई धेरैले "नेपाली फिल्म उद्योगको रत्न" भनी प्रशंसा गरेका छन्।
'पिताम्बर' को पोस्टर र टिजरले दर्शकहरूमा उच्च कौतुहलता र चासो जगाएको छ। चैत्र २९ (२०८१) मा प्रदर्शन हुने यो चलचित्रले यस वर्षको अन्तिम उत्कृष्ट नेपाली चलचित्रको उपाधि जित्ने विश्वास गरिएको छ।

चलचित्रको निर्माण KP Films र Purushottam Pradhan Films को ब्यानरमा भएको हो, मिडिया कोअर्डिनेटरको जिम्मा कुमार आचार्यले जिम्मा लिएका छ्न ।। यो टिमलाई शुभकामना
टिजर हेरेर प्रतिक्रिया दिनु होला:-
https://youtu.be/-aLLmuJ_8PU?si=xvaj0Qtim3XB6vgb

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच