वीरगन्ज । बारा प्रहरी ठुलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको हो । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका उनका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका ६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका १ निवासी मोहन कुमार साह रहेका छन् । यी तीनै जना नेपालीहरूको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
यसैगरी तीनै जना नेपालीसँगै साइकलमा नेपाली नक्कली नोट लिएर आएका भारत विहार मातिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चारैजनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको छ ।
चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच