काठमाडौँ । ड्यारेन जासन वाट्किन्स जुनियर अमेरिकाका सोशल मिडिया स्टार हुन् । उनी सामाजिक सञ्जालमा ‘आइशो स्पिड’ को नामले चर्चित छन् । उनी चर्चित भारतीय क्रिकेटर विराट कोहलीका प्रशंसक पनि हुन् ।उनी सामाजिक सञ्जालमा प्रायः कोहलीको प्रशंसा गरिरहन्छन् । हालै उनी स्विडेनका चर्चित फुटबल खेलाडी ज्लाटन इब्राहिमोभिचसँग एक यात्रामा निस्किएका थिए । सोही यात्राका क्रममा आइशो स्पिडले इब्राहिमोभिचलाई पनि विराट कोहलीको विषयमा प्रश्न गर्छन् ।
इब्राहिमोभिचको जवाफ सुनेपछि आइशो स्पिडले उनलाई कोहली र क्रिकेट बारेमा बताउँछन् । कोहलीको प्रशंसा गर्दै आइशो स्पिड भन्छन्, ‘विराट क्रिकेटका महान् खेलाडी हुन् । म नियमित रूपमा उनको खेल हेर्छु ।’
आइशो स्पिडले यस्तै प्रश्न आफ्नो समयका प्रभावशाली ब्राजिलियन फुटबलर रोनाल्डो नजारियोलाई पनि गरेका थिए । तर, रोनाल्डोले भने विराटको बारेमा आफू जानकार रहेको जवाफ दिएका थिए । आइशो स्पिडले रोनाल्डोलाई विराटको तस्बिर देखाएर प्रश्न गरेका थिए, ‘तपाईँ उहाँलाई चिन्नहुन्छ ? त्यसको जवाफमा रोनाल्डो नजारियोले विराट चर्चित खेलाडी भएको बताएका थिए ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच