५९ हजार नगद सहित जुवातास खेलिरहेको ठाउँबाट १६ जना पक्राउ

५९ हजार नगद सहित जुवातास खेलिरहेको ठाउँबाट १६ जना पक्राउ

अर्थ चौतारी

५९ हजार नगद सहित जुवातास खेलिरहेको ठाउँबाट १६ जना ...

A A- A+

तनहुँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको हो । थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?