पोर्चुगल र नर्वे पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना प्रहरीको नियन्त्रणमा

पोर्चुगल र नर्वे पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना प्रहरीको नियन्त्रणमा

अर्थ चौतारी

पोर्चुगल र नर्वे पठाउने भन्दै ठगी गरेको आरोपमा २ ...

A A- A+

काठमाडौं । पोर्चुगल, नर्वे र डेनमार्क पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ घर भएका ५५ वर्षीय वीरबहादुर घिसिङ र बर्दिबास नगरपालिका–६ का ३९ वर्षीय दिनेश खड्का छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु र कोटेश्वरबाट पक्राउ गरेको हो । घिसिङले नर्वे र डेनमार्क पठाउने भन्दै २ जनाबाट ५ लाख १० हजार र खड्काले पोर्चुगल पठाउने भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

 

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?