काठमाडौं । नेपालमा भोलिबाट सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीताको तयारी पूरा भएको जानकारी गराएको छ । भोलिबाट सुरु हुने प्रतियोगीता १४ गतेसम्म चल्नेछ । प्रतियोगीतामा नेपालसहित किर्गीस्तान, म्यानमार र लेवनान सहभागी हुनेछन् ।
नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।
प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच