काठमाडौं– आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी नेपाल र बहराइनबीचको खेलमा वर्षाले रोकिन पुगेको छ।
थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बहराइन टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।
खेल रोकिनु अघि जेनब फाज्ली ४ र अबिरा वारिस एक रन बनाएर खेलिरहेका थिए । यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दिपिका र सांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर पभेलियन फर्किएका हुन । नेपाललाई सुपर ३ को सम्भावना जीवितै राख्न जितको विकल्प छैन ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच