पहिलो दिन कर्णालीलाई २ स्वर्ण, सुदूरपश्चिमका वरुणदत्तले जिते स्वर्णसहित २ पदक

पहिलो दिन कर्णालीलाई २ स्वर्ण, सुदूरपश्चिमका वरुणदत्तले जिते स्वर्णसहित २ पदक

अर्थ चौतारी

पहिलो दिन कर्णालीलाई २ स्वर्ण, सुदूरपश्चिमका वरुणदत्तले जिते स्वर्णसहित ...

A A- A+

पोखरा । यू-१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा बुधबार कर्णालीले दुई स्वर्णपदक जितेको छ भने सुदूरपश्चिमका वरुणदत्त रानाले एक स्वर्णसहित दुई पदक जितेका छन् ।राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगिताको छात्र ४०० मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भएका हुन् ।उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । यस प्रतिस्पर्धामा मधेशका दिपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए ।छात्रातर्फ कर्णालीकी कृष्णा रानाले स्वर्ण जितिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।यस्तै सुदूरपश्चिमका वरुणले छात्र लङजम्पमा रजत पदक जिते ।  मधेश प्रदेशका अनुजकुमार शाहले पहिलो हुँदै स्वर्ण जित्दा वरुण दोस्रो भएका हुन् । पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे ।  लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते ।यस स्पर्धाको महिलातर्फ कर्णाली प्रदेशकी सरिता शाहीले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।

छात्र १०० मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेशका अर्जुन शाह दोस्रो तथा कोशीका राजन वान्तवा राई तेस्रो स्थानमा रहे ।उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।पहिलोपटक स्कुलस्तरको प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले खुशी व्यक्त गर्दै यस खालको प्रतियोगिताले आगामी दिनमा स्कुलमा रहेका प्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर हुने बताए ।एथ्लेटिक्स कूल १४ स्पर्धा समावेश भएकोमा पहिलो दिन ६ स्वर्णको टुंगो लागेको छ ।एथलेटिक्सको बाँकी ८ स्पर्धाको टुङ्गो प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ ।पहिलो दिन कर्णालीले २ स्वर्ण जितेको छ । यस्तै लुम्बिनीले १ स्वर्ण १ रजत र ३ कांस्य जितेको छ भने मधेशले १ स्वर्ण र २ रजत जितेको छ ।सुदूरपश्चिमले १ स्वर्ण र १ रजत तथा गण्डकीले १ स्वर्ण र १ कांस्य जितेको छ । कोशी र बागमतीले भने कुनै स्वर्ण जितेका छैनन् । दुवैले समान १ रजत र १ कांस्य जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?