उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

मुख्यमन्त्री सिंह वीरगञ्ज (पर्सा), ३१ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सोमबार वीरगञ्जमा आयोजित नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) मधेस च्याप्टरको कार्यक्रममा सहभागी हुँदै । तस्बिरः हिमाल लम्साल÷रासस

उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

अर्थ चौतारी

उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

A A- A+

वीरगञ्ज (पर्सा), ३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उनले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान हुन सक्दैन”, मुख्यमन्त्री सिंहले भने । उनले कार्यविधि उद्योगमैत्री भएकाले प्रदेशमा उद्योग तथा व्यवसाय फस्टाउनेमा विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सवल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे । “अहिले नेपालबाट विदेशी मुलुकमा लाखौंँ अर्धदक्ष जनशक्ति गइरहेको अवस्था छ, तर स्वदेशी उद्योगमा जनशक्ति अभाव भइरहेको छ”, उनले भने, “सीप सिकेका जनशक्ति नहुँदा विदेशी मुलुकबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता कायमै छ ।”

त्यस अवसरमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मधेस प्रदेशमा युवा उद्यमीले नवप्रवर्तकमार्फत उद्यमशीलताको विकास गर्नुपर्ने बताए । नेपाल उद्योग परिसङ्घ मधेस प्रदेशका अध्यक्ष प्रमोदकुमार साहले प्रदेशका युवालाई उद्यमशिलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले प्रदेश आर्थिक र औद्योगिक नगरी भएकाले पनि युवा उद्यमीहरु लगनशील भएर अघि बढ्न जरुरी रहेको बताए ।

नेपाल उद्योग परिसङ्घ युवाउद्यमी मञ्च मधेस प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले प्रदेशका सबै खालका युवालाई समेटेर उद्यमशीलताको विकास र प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?