भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

अर्थ चौतारी

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

A A- A+

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न सामान सहित तीन थान मोटरसाइकल बरामद गरेको छ। विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका -१ स्थित भारतबाट अवैध रुपमा भित्र्याएको  कपडा, किराना , लगायतका सामान बोकेको तीन थान मोटरसाइकल बरामद गरेको हो।

प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाइकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ।  तस्करीको सामान बोक्न प्रयोग गरिएको विआर ०६ ,७१४५, विआर ०५ एएम ६२५० र एउटा नम्बर नभएको मोटरसाइकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।  त्यसैगरी जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बिहीबार एकलख २६ हजार बराबरको किराना लगायतको सामान बरामद गरेको छ।

बरामद कपडा, किराना लगायतका सामानसँगै तीनवटै मोटरसाइकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?