फिल्म ‘जेरी : अन टप’ प्रति ‘जेरी’ निर्माताको आपत्ति

फिल्म ‘जेरी : अन टप’ प्रति ‘जेरी’ निर्माताको आपत्ति

अर्थ चौतारी

फिल्म ‘जेरी : अन टप’ प्रति ‘जेरी’ निर्माताको आपत्ति

A A- A+

काठमाडौंँ । सरोज न्यौपानेले निर्माण गर्न लागेको फिल्म ‘जेरीः अन टप’ प्रति ‘जेरी’ फिल्मका निर्माता मनोजकुमार शेरचन र सहनिर्माता सम्राटप्रसाद गौचनले आपत्ति जनाएका छन् । उनीहरुले एक प्रेस बिज्ञप्ती जारी गर्दै फिल्मप्रति आपत्ति जनाएका हुन् ।
शेरचन र गौचनले संयुक्त रुपमा निर्माण गरेको फिल्म ‘जेरी’ २०७१ साल कात्तिक २८ गते रिलिज भएको थियो । सोही फिल्मको सिक्वेलको रुपमा अहिले ‘जेरीः अन टप’ बन्न लागेको हो । ‘जेरीः अन टप’ का निर्माता सरोज न्यौपानेले आफूहरुसँग व्यावसायिक इमान्दारिता नदेखाएकोमा शेरचन र गौचनको आरोप रहेको छ ।
‘सरोज न्यौपानेले ‘जेरी’ को सिक्वेलका रुपमा ‘जेरी–२’ निर्माण गर्न आफू इच्छुक रहेको र आफूलाई ‘जेरी–२’ टाइटल प्रयोगको अनुमति दिन अनुरोध गरेपछि आफूहरुले १५ लाख रुपैयाँको शर्तमा अनुमति प्रदान गरेका थियौँ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सोहीअनुरुप २०७९ असार २० गते दुई पक्षबिच कागजी सम्झौता भएको थियो । सम्झौता भएको ६ महिनापछि न्यौपानेले आफूहरुले ‘जेरी–२’ नबनाउने निर्णय गरेको र ‘जेरी’ टाइटल पनि आवश्यक नपरेको बताउँदै पैसा फिर्ता मागे ।’
अहिले आफुहरु ‘जेरी–२’ बनाउने तयारीमा लागेको समय न्यौपानेले ‘जेरीः अन टप’ फिल्म घोषणा गरेको उनीहरुको भनाई छ । विज्ञप्तिमा भनिएको छ– ‘न्यौपानेको नियत हामीसँग अनुमति नै नलिई बिना कुनै शुल्क ‘जेरी’ नाम भजाउनु रहेछ । उनको यो क्रियाकलापले गर्दा मिडिया र आम दर्शकमा ‘जेरीः अन टप’ नै ‘जेरी’ को सिक्वेल हो भन्ने भ्रम पैदा भएको छ ।’
मिडियामा ‘जेरीः अन टप’ लाई ‘जेरी–२’ कै रुपमा समाचार आएकोले शेरचन र गौचनले पुरानो ‘जेरी’ फिल्मसँग ‘जेरीः अन टप’ को कुनै पनि साइनो नरहेको स्पष्ट परेका छन् । उनीहरुले जेरीको सिक्वेलको रुपमा छिट्टै ‘जेरी–२’ निर्माण गर्ने समेत बताएका छन् । निर्माताद्वय शेरचन र गौचनले बिहीबार चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा चलचित्र ‘जेरीः अन टप’ प्रति आपत्ति जनाउँदै निवेदन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?