रानाथारु समुदायले आज तीज पर्व मनाउँदै

रानाथारु समुदायले आज तीज पर्व मनाउँदै

अर्थ चौतारी

रानाथारु समुदायले आज तीज पर्व मनाउँदै

A A- A+

काठमाडौं– सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायले आज तीज पर्व मनाइरहेका छन् । कञ्चनपुर र कैलालीमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।

Ranatharu-Teej-(3)-1722997327.jpg
तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने चलन रहेको छ । व्रतालु महिलाहरूले नदी तथा तलाउ किनारमा कुश वा काँसको झुड्की बाँध्दै पूजाआजा गरी पकवान चढाउने गर्दछन् । त्यस लगत्तै नदी तथा तलाउमा झुड्की बगाई आफ्ना दाजुभाइ तथा भतिजाहरू र सपरिवारको उन्नति, प्रगति र दीर्घायुको कामना गर्ने गर्दछन् ।

Ranatharu-Teej-(2)-1722997358.jpg
रानाथारु समुदायले हरेक वर्ष असार शुक्ल पूर्णिमादेखि गाउँका सबैलाई पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ राखेर खेल्ने गर्छन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् ।

Messenger_creation_08682d0c-edbf-4c3c-ba8f-aaaf70d03c0a-1723006328.jpeg
रानाथारु समुदायको बाहुल्यता भएका गाउँहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएका छन् । रानाथारु समुदायको तीजका अवसरका आज बुधबार कञ्चनपुर र कैलालीका केही स्थानीय तहहरूले स्थानीय बिदा समेत दिएका छन् ।

Messenger_creation_60b37524-4e74-440e-83c9-1b76ca830e1d-1723006350.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?