भेरी अस्पतालमा आगलागी हुँदा चार करोडको क्षति, ओपिडी सेवा दुई दिनका लागि बन्द

भेरी अस्पतालमा आगलागी हुँदा चार करोडको क्षति, ओपिडी सेवा दुई दिनका लागि बन्द

अर्थ चौतारी

भेरी अस्पतालमा आगलागी हुँदा चार करोडको क्षति, ओपिडी सेवा ...

A A- A+

काठमाडौं। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान भएको आगलागीबाट झण्डै रु चार करोड बराबरको भौतिक क्षति भएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्ड डा. निराजन सुवेदीका अनुसार मेडिकल स्टोरभित्रको फ्रिजमा भएको विद्युत् सर्ट सर्किटले आगलागी सुरु भएको थियो। आगलागीले स्टोरमा रहेका औषधि, भ्याक्सिन, प्रयोगशालाका उपकरण, कम्प्युटर, फर्निचर र कागजपत्रहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घटनाको छानबिनका लागि डा. डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ, जसले चार दिनभित्र प्रतिवेदन बुझाउने छ। ओपिडी सेवा र मेडिकल स्टोर एउटै भवनमा रहेकाले काम गर्न असहज भएको भन्दै अस्पतालले आइतबार र सोमबार दुई दिन ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ।

अस्पतालमा आगलागी हुँदा मानवीय क्षति नभए पनि अत्यधिक मूल्यवान औषधि र उपकरण नष्ट हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?